spot_img
Friday, May 17, 2024
spot_img

‘प्रहरीका कर्मचारी तलव नपाएर रोइरहेका छन्, यता सरकार विकासको गलत अभ्यास गर्दैछ’

spot_img

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउतले सरकारले आगामी बजेट मानव केन्द्रीत विकासलाई प्राथमिकता दिएर ल्याउनुपर्ने बताएका छन् । 

मंगलवार प्रतिनिधि सभामा बोल्दै उनले सरकारले अहिलेसम्म मानव केन्द्रीत भन्दा पनि अनावश्यक क्षेत्रमा खर्च गरिरहेको बताए । विगत लामो समयदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएको राउतले बताए । उनले गलत विकास मोडलको अभ्यास गर्दा  विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भन्ने भाष्य कायम रहेको बताए । 

राउतले प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था रहेको भन्दै यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भए पनि बनाउने तयारी गर्नु गलत भएको बताए । उनले भने, ‘प्रहरीका कर्मचारीहरु तलव नपाएर रोइरहेको अवस्था छ । यता सरकार एयर ट्राफिक नभएका ठूला–ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरुमा ऋण लिएर भए पनि बनाउने तयारीमा छौं । नागरिकलाई स्वास्थ्य उपचार दिन सकेको छैनौं । यता सरकार ठूला भ्युटावरहरुलाई बनाउँदै गइरहेका छौं । सडकमा प्रतिघण्टा १०० सवारी गुड्दैन् । त्यसलाई सरकार हरेक सडकलाई चार लेन बनाउनुपर्छ भनेर लहलहीमा लाग्दैछौं ।’ 

राउतले थपे, ‘हामीले दशकौंदेखि विकासको गलत मोडल अभ्यास गर्दै आएका छौं । विकास भनेकै ठूला–ठूला भवन, विमानस्थल र सडकहरु भनेको बुझियो । जसले अहिले हाम्रो हविगत यो भयो। सरकारले आगामी बजेट मानव केन्द्रित बजेट होस । मानव केन्द्रित विकासमा केन्द्रित नीति अवलम्बन गरेर बजेट बनाउनु होला ।’

spot_img
spot_img

सिफारिस

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बजेटमा आएका विषयबारे चिन्तित छौ, आजै अर्थमन्त्रीसँग कुरा गर्छु: बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुंजीबजार बारे बजेटमा समावेश भएका विषयबारे आफु पनि...

बैंकिङ तथा अन्य अन्तरजालीय सेवाहरू विकासमा थप प्रयास गरिएको छ।

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...
spot_img
spot_img

सम्बन्धित खबर

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बजेटमा आएका विषयबारे चिन्तित छौ, आजै अर्थमन्त्रीसँग कुरा गर्छु: बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुंजीबजार बारे बजेटमा समावेश भएका विषयबारे आफु पनि...
rajaswanews opo-up ad demo