spot_img
Thursday, May 2, 2024
spot_img

बजेटमा आएका विषयबारे चिन्तित छौ, आजै अर्थमन्त्रीसँग कुरा गर्छु: बोर्ड अध्यक्ष हमाल

spot_img

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुंजीबजार बारे बजेटमा समावेश भएका विषयबारे आफु पनि चिन्तित भएको बताएका छन्। गुनासो राख्न बोर्डमा पुगेका लगानीकर्तासंग अध्यक्ष हमालले बजेटमा आएका विषयबारे आफु गम्भीर रहेको बताएका हुन् ।

अध्यक्ष हमालले लगानीकर्ताको कुरा आफुले बुझेको र यसबारे सरकारसंग आफुले आज नै समन्वय गर्ने बताएका छन् । उनले यसबारे आज नै अर्थमन्त्रीसंग कुरा गरेर यस विषयमा प्रष्ट हुने बताएका हुन् । उनले एफपिओको प्रिमियमको करको विषय, मर्जर तथा प्राप्तिको लाभको करको विषय, पुंजीगत लाभकर अन्तिम हो वा होइन भन्ने विषयमा आज अर्थमन्त्रीसंग छलफल गरेर समन्वय गर्ने प्रतिवद्दता जनाएका हुन् । उनले आफुले यी विषयमा आफुले सरकारसँग समन्वय गर्ने भएकोले लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।

लगानीकर्तालाई जस्तै बोर्डलाई पनि यी विषयमा चासो रहेको उनले बताएका छन् । उनले बोर्डको अधिकारको सीमामा रहेर आफुले समन्वय गर्ने उनले बताए ।  उनले आफुले बजेटको लागि सुझाव दिँदा पुँजीगत लाभकर घटाउनको लागि सुझाव दिएको लगानीकर्तालाई जानकारी दिए । 

आज नै शेयर लगानीकर्ताका ३ वटा संगठनले समुक्त विज्ञप्ति जारी गर्दै व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५% र ७.५% श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गर्न माग गरेका छन् । आर्थिक ऐनको बुँदा नं. २९ को व्यवस्था कर विभागको मिति २०७७/०३/०५ को पत्र विपरित रहेको संघहरुले उल्लेख गरेका छन् ।

नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुंजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ति जारी गर्दै आजका मितिसम्म फर्म वा कम्पनी बाहेक व्यक्ति मार्फत गरिएको कारोबार व्यवसायको रूपमा नरहेको र सो अनुसार कर विवरण बुझाउनु पर्ने शीर्षकमा नरहेको देखिएको उल्लेख गरेका छन् ।  व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५% र ७.५% श्रोतमा कट्टी गरिएको पुँजीगत लाभ करलाई अन्तिम कर नै कायम गरिदिन उनीहरुले माग गरेका छन् । अन्यथा शेयरबजारमा लगानी गर्ने लाखौँ लगानीकर्ताहरू आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी संघहरुले दिएका छन्। 

spot_img
spot_img

सिफारिस

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बैंकिङ तथा अन्य अन्तरजालीय सेवाहरू विकासमा थप प्रयास गरिएको छ।

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बिजुली, नागरिकता, नियन्त्रण तथा निरीक्षण, खानेपानी तथा

स्वदेश फिर्तीको माग गर्दै आएको भुटान स्वतन्त्र जनमञ्चले विज्ञप्ति जारी गरी भुटानी शरणार्थीको स्वदेश...
spot_img
spot_img

सम्बन्धित खबर

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

बैंकिङ तथा अन्य अन्तरजालीय सेवाहरू विकासमा थप प्रयास गरिएको छ।

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

अबको समयमा नेपालमा नेटवर्क संचार, मोबाइल तथा इन्टरनेट उपयोग व्यापक छ। नेपालमा

उर्वरक र पर्यटन: नेपालमा उर्वरक तथा पर्यटन सेक्टरमा पनि प्रविधि अव नेपालमा प्रयोग हुने...
rajaswanews opo-up ad demo