जीवनका अभिन्न वस्तुकै रूपमा मानिएको पानीलाई नेपाल सही रूपमा सदुपयोग गर्न सकिएको छैन । जलसम्पदाका दृष्टिले सम्पन्न मानिए पनि ३५% नेपाली जनताले मात्र खानेपानीको उपभोग गर्न पाएका छन् । नेपालमा भएका अपार जलसम्पदाको उपयोग गरी जलविद्युत् उत्पादन गरेर नेपाललाई झलमल्ल मात्र होइन, समृद्ध पार्न सकिन्छ । एक सर्वेक्षणअनुसार ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने क्षमता छ । बिद्युत् उत्पादनबाट एकातिर इन्धनको समस्याको समाधान भई वनविनाश रोकिन जान्छ भने अर्कातिर वातावरणमा समेत सकारात्मक असर पर्छु । ग्यास, दाउरा, तेल आदिका विकल्पमा विद्युतको उपयोग गर्न सकिन्छ । यहाँ उत्पादित विद्युत्लाई बिश्वका बजारमा बिक्री गरी नेपालले प्रशस्त आयआर्जन गर्न सकिन्छ । यसको सदुपयोगबाट नेपालका कृषकहरूलाई पनि प्रशस्त फाइदा पुग्ने देखिन्छ । नेपालमा अधिकांश जनताले कृषिलाई मुख्य पेसाका रूपमा अँगालेका छन् । कृषि पेसालाई राम्रो बनाउन सकिएका खण्डमा नै नेपालको पनि सही रूपमा विकास हुन सक्छ । तसर्थ कृषिलाई राम्रो तरिकाले विकास गर्न सिँचाइको ठूलो भूमिका रहेको हुन्छ । सिँचाइको सुविधाबाट बन्चित हुन पुगेको नेपाली कृषिलाई सिँचाइको सुविधा प्रदान गर्न सके नेपाली जनताको जीवन समृद्ध हुने कुरामा शङ्का छैन । यसको अर्थ के हो भने कृषिप्रधान देश भनिएकाले आकाशेपानीमा निर्भर हाम्रो कृषिक्षेत्रलाई यी अपार जलश्रोतबाट सिँचाइको व्यवस्थाबाट विकास गर्न सकिन्छ ।
जलसम्पदा जस्तै खनिजुसम्पदाका हिसाबले पनि नेपाल सम्पन्न मुलुक हो, तर यसको सही रूपमा सदुपयोग अझसम्म भएको छैन । वास्तवमा बहुमूल्य खानीको अन्वेषण र उत्पादनबाट मुलुकको आर्थिक वृद्धिदर बढाउन सकिन्छ जित कुरा अरब राष्ट्रको विकासको गति र सम्पन्नतालाई हेर्दा थाहा पाउन सकिन्छ। नेपालमा प्रशस्त खनिजसम्पदाको सम्भावना रहे तापनि दक्ष जनशक्तिको अभाव, सरकारको निष्क्रियताका कारण खनिजस्रोतको सीमित मात्रामा मात्र उपयोग गर्न सकिएको छ । लब्दीखोला, फुलचोकी, ठोसे आदि ठाउँमा फलाम खानी, फिक्कल भूतखोला, बाब्सी, बुद्धखोला, डोटी, रसुवा र नुवाकोटमा अभ्रख खानी र देश विभिन्न ठाउँमा धेरै प्रकारका धातुका खानी फेला परे पनि तिनको व्यापक मात्रामा सदुपयोग गर्न नसकिएकाले नेपाल सम्बन्धित क्षेत्रका लागि परनिर्भरताबाट मुक्त हुन सकिरहेको छैन । वास्तवमा नेपालमा सर्वेक्षण तथा अनुसन्धानको कमी, प्राविधिक ज्ञानको न्यूनता, यातायात आदिको कठिनाइ, पुँजीको अभाव, राष्ट्रि लगानी र दृढताको कमी आदि कारणले नेपालले चाहे जति खनिजस्रोतको उपयोग गर्न सकिरहेको छैन । खनिजस्रोतबाट पनि देशमा आर्थिक समृद्धि, आत्मनिर्भरता, सम्पन्नता आउने हुँदा नेपालमा खनिजम्रोतको महत्त्व यसै पनि बढ्न गएको देखिन्छु । नेपालमा पाइने विविध प्राकृतिक सम्पदामा वनसम्पदालाई पनि महत्पूर्ण मानिन्छ । नेपाल वनसम्पदाका दृष्टिले एक सम्पन्न मुलुक हो भन्ने कुरा हरियो वन नेपालको धन भन्ने प्रचलित उखानबाटै प्रस्ट हुन्छ । वर्तमान समयमा पनि सामुदायिक वनको प्रचलनका दृष्टिले नेपाल प्रथम राष्ट्र भनेर घोषित भइसकेको छ। वनले भूक्षय हुनबाट बचाउनुका साथै माटाको उर्वराशक्ति बढाउन मदत पुग्याउँछ। यसले मौसम र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्याउने गर्छन् । यति मात्र हैन, दुर्लभ वन्यजन्तुको आश्रयस्थल पनि वनजङ्गल नै भएको छ । वनबाट हाम्रा लागि आवश्यक पर्ने दाउरा, काठ, हलो, कोदालो वा कोदालीका लागि बिंड, उद्योगधन्दाका लागि कच्चापदार्थ, घाँसपात र जडीबुटी आदि वस्तु प्राप्त गर्न सकिन्छ । भनिन्छ, नेपालका वनज्गलमा संसार असाध्य रोगलाई पनि निको भुक्क सके जडीबुटी पाइन्छ । त्यसैले यी दुर्लभ जडीबुटीमा अन्य देशको आखा पनि लागिरहेको कतिपय समाचारबाट थाहा पाइन्छ । वनसम्पदाको सही रुपमा सदुपयोग गर्न सके प्रशस्त आयआर्जन गर्न सकिने कुरामा कुनै शङ्का छैन ।