spot_img
Thursday, May 2, 2024
spot_img

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

spot_img

जलसम्पदाका हिसाबले नेपाल संसारकै दोस्रो धनी राष्ट्र मानिन्छ । यहाँ अनन्त जलाशय र जलप्रवाह रहेका छन्‌ । आकर्षक तलाउहरू विद्यमान छन्‌ र नदीहरू अनवरत रूपमा बग्छन्‌, छाँगा, छहरा र खोल्साहरू जताततै बग्छन्‌ । वास्तवमा पानी हरेक प्राणीका लागि अत्यावश्यक वस्तु हो । जीवनका अभिन्न वस्तुकै रूपमा मानिएको पानीलाई नेपाल सही रूपमा सदुपयोग गर्न सकिएको छैन । जलसम्पदाका दृष्टिले सम्पन्न मानिए पनि ३५% नेपाली जनताले मात्र खानेपानीको उपभोग गर्न पाएका छन्‌ । नेपालमा भएका अपार जलसम्पदाको उपयोग गरी जलविद्युत्‌ उत्पादन गरेर नेपाललाई झलमल्ल मात्र होइन, समृद्ध पार्न सकिन्छ । एक सर्वेक्षणअनुसार ८३ हजार मेगावाट विद्युत्‌ उत्पादन गर्न सक्ने क्षमता छ । बिद्युत्‌ उत्पादनबाट एकातिर इन्धनको समस्याको समाधान भई वनविनाश रोकिन जान्छ भने अर्कातिर वातावरणमा समेत सकारात्मक असर पर्छु । ग्यास, दाउरा, तेल आदिका विकल्पमा विद्युतको उपयोग गर्न सकिन्छ । यहाँ उत्पादित विद्युत्‌लाई बिश्वका बजारमा बिक्री गरी नेपालले प्रशस्त आयआर्जन गर्न सकिन्छ । यसको सदुपयोगबाट नेपालका कृषकहरूलाई पनि प्रशस्त फाइदा पुग्ने देखिन्छ । नेपालमा अधिकांश जनताले कृषिलाई मुख्य पेसाका रूपमा अँगालेका छन्‌ । कृषि पेसालाई राम्रो बनाउन सकिएका खण्डमा नै नेपालको पनि सही रूपमा विकास हुन सक्छ । तसर्थ कृषिलाई राम्रो तरिकाले विकास गर्न सिँचाइको ठूलो भूमिका रहेको हुन्छ । सिँचाइको सुविधाबाट बन्चित हुन पुगेको नेपाली कृषिलाई सिँचाइको सुविधा प्रदान गर्न सके नेपाली जनताको जीवन समृद्ध हुने कुरामा शङ्का छैन । यसको अर्थ के हो भने कृषिप्रधान देश भनिएकाले आकाशेपानीमा निर्भर हाम्रो कृषिक्षेत्रलाई यी अपार जलश्रोतबाट सिँचाइको व्यवस्थाबाट विकास गर्न सकिन्छ ।

जलसम्पदा जस्तै खनिजुसम्पदाका हिसाबले पनि नेपाल सम्पन्न मुलुक हो, तर यसको सही रूपमा सदुपयोग अझसम्म भएको छैन । वास्तवमा बहुमूल्य खानीको अन्वेषण र उत्पादनबाट मुलुकको आर्थिक वृद्धिदर बढाउन सकिन्छ जित कुरा अरब राष्ट्रको विकासको गति र सम्पन्नतालाई हेर्दा थाहा पाउन सकिन्छ। नेपालमा प्रशस्त खनिजसम्पदाको सम्भावना रहे तापनि दक्ष जनशक्तिको अभाव, सरकारको निष्क्रियताका कारण खनिजस्रोतको सीमित मात्रामा मात्र उपयोग गर्न सकिएको छ । लब्दीखोला, फुलचोकी, ठोसे आदि ठाउँमा फलाम खानी, फिक्कल भूतखोला, बाब्सी, बुद्धखोला, डोटी, रसुवा र नुवाकोटमा अभ्रख खानी र देश विभिन्न ठाउँमा धेरै प्रकारका धातुका खानी फेला परे पनि तिनको व्यापक मात्रामा सदुपयोग गर्न नसकिएकाले नेपाल सम्बन्धित क्षेत्रका लागि परनिर्भरताबाट मुक्त हुन सकिरहेको छैन । वास्तवमा नेपालमा सर्वेक्षण तथा अनुसन्धानको कमी, प्राविधिक ज्ञानको न्यूनता, यातायात आदिको कठिनाइ, पुँजीको अभाव, राष्ट्रि लगानी र दृढताको कमी आदि कारणले नेपालले चाहे जति खनिजस्रोतको उपयोग गर्न सकिरहेको छैन । खनिजस्रोतबाट पनि देशमा आर्थिक समृद्धि, आत्मनिर्भरता, सम्पन्नता आउने हुँदा नेपालमा खनिजम्रोतको महत्त्व यसै पनि बढ्न गएको देखिन्छु । नेपालमा पाइने विविध प्राकृतिक सम्पदामा वनसम्पदालाई पनि महत्पूर्ण मानिन्छ । नेपाल वनसम्पदाका दृष्टिले एक सम्पन्न मुलुक हो भन्ने कुरा हरियो वन नेपालको धन भन्ने प्रचलित उखानबाटै प्रस्ट हुन्छ । वर्तमान समयमा पनि सामुदायिक वनको प्रचलनका दृष्टिले नेपाल प्रथम राष्ट्र भनेर घोषित भइसकेको छ। वनले भूक्षय हुनबाट बचाउनुका साथै माटाको उर्वराशक्ति बढाउन मदत पुग्याउँछ। यसले मौसम र वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्याउने गर्छन्‌ । यति मात्र हैन, दुर्लभ वन्यजन्तुको आश्रयस्थल पनि वनजङ्गल नै भएको छ । वनबाट हाम्रा लागि आवश्यक पर्ने दाउरा, काठ, हलो, कोदालो वा कोदालीका लागि बिंड, उद्योगधन्दाका लागि कच्चापदार्थ, घाँसपात र जडीबुटी आदि वस्तु प्राप्त गर्न सकिन्छ । भनिन्छ, नेपालका वनज्गलमा संसार असाध्य रोगलाई पनि निको भुक्क सके जडीबुटी पाइन्छ । त्यसैले यी दुर्लभ जडीबुटीमा अन्य देशको आखा पनि लागिरहेको कतिपय समाचारबाट थाहा पाइन्छ । वनसम्पदाको सही रुपमा सदुपयोग गर्न सके प्रशस्त आयआर्जन गर्न सकिने कुरामा कुनै शङ्का छैन ।

वास्तवमा हाम्रो देश प्राकृतिक सम्पदाको दृष्टिले विश्वकै सम्मपन्न राष्ट्र मानिन्छ भन्दा अत्युक्ति हुँदैन, तर सरकारी स्तरीय चासोको कमी, दक्ष जनासक्तिको अभाव र प्रतिबद्धताको अभावका कारण कुनै पनि कुरालाई सन्तोषजनक रुपा समेत सदुपयोग गर्न नसकिएको देखिन्छु । एक्काइसौँ शताब्दीमा पाइला टेकिरहेको अवस्थामा हामीले बेलैमा सचैत भएर प्राकृतिक सम्पदाको गरि अगाडी बढ्न सक्यौँ भने मात्र भविष्यमा आउने चुनौतीहरूसँग सफलता हासिल गर्न सक्छौँ । होइन भने नेपाल र नेपाली जनताको भविष्य सुन्दर बनाउने अन्य आधार देखिँदैन ।

spot_img
spot_img

सिफारिस

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बजेटमा आएका विषयबारे चिन्तित छौ, आजै अर्थमन्त्रीसँग कुरा गर्छु: बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुंजीबजार बारे बजेटमा समावेश भएका विषयबारे आफु पनि...

बैंकिङ तथा अन्य अन्तरजालीय सेवाहरू विकासमा थप प्रयास गरिएको छ।

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...
spot_img
spot_img

सम्बन्धित खबर

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो

वैट कर प्रणाली नेपालमा एक प्रकारको उपभोक्ता कर हो जुन वस्तु तथा सेवाको मूल्यमा...

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा,

नेपालमा प्रयोग हुने प्रविधि विषयमा छलफल गर्दा, हामी नै सूचीकृत गर्न सक्छौं कि नेपालमा...

बजेटमा आएका विषयबारे चिन्तित छौ, आजै अर्थमन्त्रीसँग कुरा गर्छु: बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले पुंजीबजार बारे बजेटमा समावेश भएका विषयबारे आफु पनि...
rajaswanews opo-up ad demo